- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

म एमालेमा आउन चाहन्छु, ओलीको निर्णय कुरिरहेको छु : बामदेव गौतम

May 6, 2024
89
Shares
- ADVERTISEMENT -

राष्ट्रिय सभा सदस्य एवं कम्युनिस्ट पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले आफू एमालेमै जान चाहेको बताएका छन् ।

सोमबार राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै गौतमले यसअघि नेकपा विभाजनको आरोप आफूमाथि लागेको बताउँदै फेरि पनि एमाले गएर पार्टी फुटाउनेमा शङ्का नगर्न आग्रह गरे ।

- ADVERTISEMENT -

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओली समेत सहभागी उक्त कार्यक्रममा गौतमले आफूबाट भएको गल्ती यसअघि नै स्वीकार गरिसकेको समेत बताए ।
.
उनले पछिल्लो पटक पार्टी फुट्दा आफ्नो पनि कमजोरी भएको स्वीकार गर्दै त्यसको आत्मालोचना गरेको भन्दै पार्टी एमाले फुटाउन आफ्नो हात नभएको दाबी गरे ।

‘मान्छेबाट गल्ती कमजोरी हुन्छन् म बाट पनि भयो र मैले त्यो महसुस गरेँ। पछिल्लो पटक दुई वटा अध्यक्ष दुईतिर भएको बेला मलाई चित्त दुख्यो,म कतैतिर पनि लागिन् । तर, दुवै तर्फका अध्यक्षले अहिले पनि पार्टी फुटाउने बामदेव हो भन्छन्,’ उनले थपे, ‘फुटेर जाने को छ, मिलाउनको निम्ति एउटा फोरम मैले बनाए केही जनदबाब दिन सकिन्छ कि, केही हुन्छ कि भनेर । मलाई कसैले साथ दिएनन्, एक्लै के गर्नु ?’

- ADVERTISEMENT -

Advertisement

बामदेवले ०५४ सालमा पनि आफूले पार्टी नफुटाएको जिकिर गरे । उनले पार्टीले निष्कासन गरेपछि कुनै उपाय नलागेर अर्को पार्टी बनाएको र त्यसमा आफू गलत भएको आत्मालोचना गरी फर्किएको भन्दै अहिले नेकपा एमाले फुटाउनुमा आफ्नो कुनै हात नभएको स्पष्ट पारे ।

उनले एमाले फुटिसकेपछि आठ महिना पहिल्यै आफूले आत्मालोचना गरी एमालेमै फर्किन चाहे पनि अध्यक्ष ओलीले शङ्का गरेको टिप्पणी गरे ।

उनले भने, ‘मैले अध्यक्षलाई ८ महिना पहिला नै भनेको थिएँ, मलाई कमान्डर बनाउनु भयो भने फेरी त्यस्तै हुन्छ कि, धेरै समर्थक आए भने फेरी पार्टी फुटाइदिने हो कि बामदेवले भनेर डर लाग्छ भने मसँगै अर्को कसैलाई निगरानी गर्न राखिदिनुहोस् ।’

गौतमले सँगै मञ्चमा रहेका ओलीलाई लक्षित गर्दै एमालेमा फर्किन चाहनुमा कुनै स्वार्थ नभएको र आफूले एमालेको हित र पार्टीमा जीवन छउन्जेल क्रियाशील हुन चाहेको भन्दै थपे, ‘त्यसै बामदेव गौतम भएको होइन, मलाई नमर्दासम्म प्रयोग गर्नुहोस् न । के गर्नुहुन्छ हेर्दै जाऊँ, नमर्दासम्म मैले काम गरिरहन पर्छ, मरेपछि हँसिया हथौडाको झन्डा ओड्न पाउनुपर्छ । मेरो चाहना यत्ति हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com