- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एलओडी फेरि बन्यो विश्‍वकै उत्कृष्ट क्लब, ५० औं स्थानमा

May 6, 2024
310
Shares
- ADVERTISEMENT -

ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको छ ।

 केही समयअघि क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५० औं स्थानमा परेको हो ।

- ADVERTISEMENT -

Advertisement

यसअघि क्लब ४९ र ५२ औं स्थानमा परेको थियो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो । यसअघि सन् २०२२ का लागि ‘एलओडी’ सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो । यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ५० औं स्थानमा पर्न सफल भएको क्लबका अध्यक्ष रूदीप बल्ल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार क्याम्पियनमा विभिन्न मुलुकका पाँच सय क्लब सहभागी भएका थिए । केही दिनअघि विश्वका उत्कृष्ट क्लबहरूको श्रेणी स्थान सार्वजनिक गरिएको हो । सय वटा उत्कृष्ट सय क्लबको सयौँभित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने श्रेष्ठको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

एलओडी उत्कृष्ट  क्लबको सूचीमा पर्दा विश्वरभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको विश्वास छ । काठमाडौँ आउने एलओडी क्लब खोजी गर्नेको पनि संख्या बढिरहेको उनले बताए । क्लबमा युवायुवती मात्र नभइ परिवारका अन्य सदस्यहरू पनि आउने गरेको उनको भनाइ छ  ।

क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग रहेको उनले बताए। रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने श्रेष्ठको भनाइ छ।

 सरकारले पछिल्लो समय ठमेललाई २४ घण्टा खुला गर्ने अनुमति दिएको छ । ठमेलका व्यवसायी पनि उत्साहित छन् । एलओडी क्लब आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com