- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

उपेन्द्र यादवलाई मन्त्रीबाट गलहत्याउन प्रधानमन्त्री लाईओलीको दबाब

May 6, 2024
310
Shares
- ADVERTISEMENT -

उपेन्द्र यादव अमेरिकामा रहेकै बेलामा नेपालमा भने उनी नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । पार्टीका बहुमत सांसदहरु (७ जना) ले अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको रुपमा रहेका उपेन्द्र यादवलाई अब सरकारबाटै बाहिर निकाल्न प्रधानमन्त्री पुष्पकमल दाहालमाथि दबाब सिर्जना भएको छ ।

सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई आजै उपेन्द्रलाई मन्त्रीबाट बर्खास्त गर्न दबाब दिएको उच्च स्रोतको दाबी छ ।

- ADVERTISEMENT -

Advertisement

उपेन्द्रको ठाउँमा नयाँ पार्टी बनाएका सांसदहरुमध्येबाट एक जनालाई मन्त्री बनाउन ओलीको दबाब रहेको बुझिएको छ। ओलीले उपेन्द्र नेपाल झर्नुअघि नै मन्त्रीबाट चैट् बनाईदिन दबाब दिएपछि प्रधानमन्त्री दाहाल यतिवेला दबाबमा छन् । यादव आजै साँझ काठमाडौं आईपुग्ने बताईएको छ ।

उनी यतिवेला कतारको दोहामा ट्रान्जिटमा छन् । प्रधानमन्त्री दाहालमाथि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई पनि गठबन्धनबाट गलहत्याउन ओलीको सुझाव छ । पछिल्लो समय एमाले–माओवादी गठबन्धनबाट बाहिरिए उपेन्द्र र माधव नेपालले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनाउन भूमिका खेलेका थिए ।

- ADVERTISEMENT -

Advertisement

उनीहरु गठबन्धन भत्काउन लागेको सूचना पाएपछि नै प्रधानमन्त्री दाहाल र ओलीले जसपा विभाजनको कठोर निर्णय लिएका हुन् । उनीहरुले माधव नेपालको दलभित्र पनि विभाजन गराउनेगरि सांसदहरु तयारी अवस्थामा राखेको बुझिएको छ । उपेन्द्रपछि आफूमाथि पनि प्रहार हुने सूचना पाएका माधव नेपालले आज आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएका छन् ।

उनी पार्टी विभाजन रोक्नको लागि निर्णायक छलफलमा जुटेका छन् ।

तर, ६ जना सांसदले विद्रोह गरेर एमाले–माओवादी गठबन्धनलाई साथ दिने तयारी गरेपछि माधव नेपाल चिन्तित छन् । माधव नेपाल त कांग्रेससँगको गठबन्धन बनाएर प्रधानमन्त्री खाने दाउमा थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com