- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पार्टी विभाजनले पद संकटमा परेपछि मधेशका मुख्यमन्त्री यादवले बोलाए आकस्मिक बैठक

May 6, 2024
186
Shares
- ADVERTISEMENT -

सत्ता गठबन्धन भत्काउने खेलमा उपेन्द्र यादव लागेको भन्दै बहुमत केन्द्रका सांसदहरु मिलेर पार्टी विभाज गरेर नयाँ पार्टी गठन गरेपछि जनता समाजवादी पार्टी नेपालमा तरंग पैदा भएको छ ।

जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राईले आइतबार ७ सांससहित जसपा विभाजन गरेपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको मुख्यमन्त्री पदपनि संकटमा परेको छ । यसबारेमा छलफल गर्न यादवले आकस्मिकरुपमा संसदीय दलको बैठक डाकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

विकसित नयाँ परिस्थितिबारे छलफल गर्न मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले सोमबार प्रदेश संसदीय दलको आकस्मिक बैठक बोलाएका हुन्।
यादव जसपा मधेश प्रदेश संसदीय दलका नेता हुन् ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ। हाल कांग्रेस, जनमत पार्टी र लोसपा यादवको विपक्षमा छन्।

- ADVERTISEMENT -

Advertisement

मधेस प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्। त्यसैगरी नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक प्रदेश सांसद छन्।

हालको सत्ता गठबन्धनका आधारमा मुख्यमन्त्री यादवले वैशाख ४ गते विश्वासको मत लिँदा ६१ सांसदको समर्थन पाएका थिए।

एमाले २४, जसपाका १९, माओवादी केन्द्रका नौ, नेकपा एकीकृत समाजवादीका सात सांसदको समर्थन उनले पाएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com