- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गाँजासहित ४ जना पक्राउ

May 6, 2024
101
Shares
- ADVERTISEMENT -

लागूऔषध गाजासहित प्रहरीले मोरङको सुन्दरहरैँचाबाट ४ जनालाई पक्राउ गरेको छ। घरबाट गाँजा बिक्री गर्ने, खरिद गर्ने र गाँजा ‘सप्लाई’ गर्नेहरु पक्राउ परेका हुन्। पक्राउ परेकाहरुबाट साढे २ किलो गाँजा पनि बरामद भएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७ डाँडा गाउँका ६३ वर्षीय देव चौधरी, ३८ वर्षीय दुर्गाप्रसाद फुयाँल, मोरङको केराबारी गाउँपालिका–४ का ३१ वर्षीय सुविन राई र केराबारी–४ का १९ वर्षीय अनिसम बस्नेत रहेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले चारै जनालाई पक्राउ गरेको हो। 

- ADVERTISEMENT -

Advertisement

चौधरीको घरबाट गाँजा किनबेच हुने गरेको सूचना आएपछि नियन्त्रणमा लिन बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालले आइतबार राति ९:३० बजेतिर टोली परिचालन गरेका थिए। वरिष्ठ सइ (प्रहरी वरिष्ठ नायव निरीक्षक)को नेतृत्वमा खटिएको टोलीले चौधरी र फुयाँललाई सुरुमा पक्राउ गरेको हो। डीएसपी बस्नेतका अनुसार प्रहरी पुग्दा चौधरीको घरमा गाँजा किनबेच हुँदै थियो। 

चौधरीले फुयाँललाई गाँजा बेच्दै गरेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको उनले बताए। त्यसपछि घर खानतलासी गर्दा ५ सय ग्राम (आधा किलोग्राम) गाँजा बरामद भएको जानकारी बस्नेतले दिए। उनका अनुसार चौधरीले घरमै राखेर गाँजा बिक्री गर्ने गरेको खुलेको छ। 

- ADVERTISEMENT -

Advertisement

सोधपुछ गर्दा प्रदेश १–०२–०५३ प ९०३१ नम्बरको मोटरसाइकलमार्फत चौधरीको घरमा गाँजा ‘सप्लाई’ गरेको खुल्यो। ‘चेक पोइन्ट’ खडा गरेर सवारीसाधन चेकजाँच गर्न थालेको प्रहरी उक्त मोटरसाइकललाई पनि नियन्त्रणमा लिन सफल भयो। मोटरसाइकललाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा चालक राई र पछाडि सवार बस्नेत पक्राउ परे। 

डीएसपी बस्नेतका अनुसार बस्नेतले पछाडि बोकेको झोला खानलतासी गर्दा २ किलोग्राम गाँजा बरामद भयो। मोटरसाइकल प्रयोग गरेर राई र बस्नेतले विभिन्न स्थानमा गाँजा ‘सप्लाई’ गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। साढे २ किलो गाँजासहित पक्राउ परेका चारै जनालाई बेलबारी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com