- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

६ सचिवको सरुवा, शिक्षा मन्त्रालयमा काफ्ले

May 5, 2024
110
Shares
- ADVERTISEMENT -

सरकारले ६ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका कार्यरत ६ जना सचिवको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ भने पर्यटन मन्त्रालयका सचिव डा.दिपक काफ्लेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

- ADVERTISEMENT -

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालिन शिक्षा सचिव सुरेश अधिकारी सचिवको पाँच वर्षे सेवा अवधि पुरा गरेर अनिवार्य अवकाशमा गएपछि मन्त्रालयमा सचिवको पद रिक्त भएको थियो । यस्तै यस्तै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्यालको उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ ।

प्राविधिकतर्फ कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि सचिवको जिम्मेवारीमा रहेका डा.गोविन्दप्रसाद शर्माको वन तथा वातावरण मन्त्रालयमा सरुवा भएको छ भने उक्त मन्त्रालयमा पशुपन्छी सचिवको जिम्मेवारीमा रहेका डा.रेवतीरमण पौडेलको मन्त्रालयमै कृषि सचिवमा सरुवा भएको छ ।

- ADVERTISEMENT -

Advertisement

वन तथा वातावरण मन्त्रालयका सचिव डा.दीपककुमार खरालको भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशुपन्छी सचिवमा सरुवा भएको छ ।

बरियता मिचेर लुम्बिनी प्रदेश प्रमुख सचिव अर्यालको सरुवा:

यसैविच लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्यालको बरियता मिचेर सरुवा भएको छ । अर्याल भन्दा चार महिना अघि सचिवमा बढुवा भएर गण्डकी प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेकी लक्ष्मी बस्नेतको सरुवा नगरेर सरकारले लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव अर्यालको सरुवा गरेको हो ।

अर्यालको ६ महिना अघि गत कात्तिक १६ गते सहसचिवबाट सचिवमा बढुवा भएर लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन भएको थियो । उनले सचिव बढुवा हुनु दुई महिना अघि नै गत भदौ १२ गतेदेखि लुम्बिनी प्रदेश सरकारमा कायममुकायम (कामू) सचिवको जिम्मेवारी सम्हालेकी थिईन ।

तर, अर्यालय भन्दा चार महिना अघि नै गत असार २६ गते बस्नेत सहसचिवबाट सचिवमा बढुवा भएकी थिईन । सचिव बढुवा भएको केहि दिन पछि बस्नेतको गत साउन ११ गते गण्डकी प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन भएकी थिइन् । जबकी बस्नेतले पदस्थापन हुनु भन्दा एक महिनापछि मात्रै अर्यालले कामू सचिवको जिम्मेवारी पाएर काम गरेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com