नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री प्रकाश रसाईली स्नेही प्रमुख रहनु भएको नेपाली कांग्रेस वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागको सदस्यमा गोरखाका सञ्जय पनेरु लगायत अन्य ९ जना व्यक्तिहरूलाई मनोनयन गरिएको छ।
मनोनयन भएका सदस्यहरू
१. श्री चित्रवहादुर के.सी., रुपन्देही, हाल संयुक्त अरव इमिरेट्स
२. श्री नविन शेरचन, मुस्ताङ, हाल अमेरिका
३. श्री राजेन्द्र अधिकारी, लमजुङ
४. श्री जयश वोहरा, मोरङ्ग
५. श्री देवकुमार खोखाली, सिन्धुपाल्चोक
६. श्री दिपक थापा, स्याङ्जा
७. श्री महेश वस्नेत, उदयपुर
८. श्री सुजित श्रेष्ठ, झापा
९. श्री हिरादेवी वुढाथोकी, काठमाण्डौ
१०. श्री संजय पनेरु, गोरखा








































