- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापान पठाइदिन्छु भन्दै २१९ जनालाई ठग्ने गिरोह पक्राउ

May 3, 2024
172
Shares
- ADVERTISEMENT -

जापान पठाइदिन्छु भनेर नागरिकता दुरुपयोग गरी करिब दुई करोडभन्दा बढी ठगी गर्नेहरुलाई प्रहरीले प्रकाउ गरी सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई सार्वजनिक गरेको हो । प्रकाउ पर्नेमा राजन श्रेष्ठ र ईश्वरी पाण्डे छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी-७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका थिए । पाण्डे झापा गौरादहका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुले वैदेशिक रोजगारको नाममा जापान पठाइदिने भनि आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई २१९ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ ।

नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी उनीहरूले नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका पाइएको खुलेको छ ।

- ADVERTISEMENT -

Advertisement

पुतलीसडकमा रहेको सो कल्सलटेन्सीबाट रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै ४ लाखदेखि ७ लाख रुपैयाँसम्म असुल गरेर ठगेको पाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -