- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राष्ट्रभाषामा महाधिवेशनको प्रचारप्रसार गर्दै जसपा

May 2, 2024
95
Shares
- ADVERTISEMENT -

जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न राष्ट्रभाषामा आसन्न राष्ट्रिय महाधिवेशनको प्रचार प्रसार गरिरहेको छ । सबैलाई पहिचान सबैलाई सम्मानका खातिर राष्ट्रभाषालाई प्रचार प्रसारमा प्रयोग गरिएको हो ।

पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले ब्यानर, पोष्टर, स्टिकरलगायतका सामग्रीहरू नेपाली, अङ्ग्रेजी, मैथिली, भोजपुरी, अवधि, मगर, लिम्बू, शेर्पा, नेपालभाषालगायतका राष्ट्रभाषामा तयार गरी प्रचार प्रसार गरिराखिएको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

जसपाले एकताको प्रथम राष्ट्रिय महाधिवेशन कार्यतालिकाबमोजिम सार्वजनिक गरेको छ । जसअनुसार सङ्गठित पार्टी सदस्यको नामावली सार्वजनिक गरी आएका उजुरीउपर छानबिन गरी वैशाख २६ गते अन्तिम नामावली सार्वजनिक गर्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -