- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छः मन्त्री शर्मा

May 2, 2024
81
Shares
- ADVERTISEMENT -

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताएका छन् । 

बिहीबार काठमाडौँमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा सूचना र प्रविधि महत्त्वपूर्ण आधार बन्ने बताए । 

- ADVERTISEMENT -

Advertisement

अबको युग सूचना र प्रविधिको युग भएकाले सूचना र प्रविधिको क्षेत्रमा व्यवस्थित लगानी गरेर वैदेशिक लगानी, सरकारी र निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहन गरी आवश्यक नियम कानुन पनि व्यवस्थित गरी अघि बढ्न जरुरी रहेको बताए । 

सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

 सूचना र प्रविधिको प्रयोगका कारण नागरिकले घरमै बसेर राज्यले प्रदान गरेका सेवाहरू लिनसक्ने अवस्थाको सिर्जना भइसकेको बताए । 

मन्त्री शर्माले पछिल्लो समय सूचना तथा प्रविधि आर्थिक समृद्धिको लागि नवीनतम एवं उदीयमान क्षेत्रको रूपमा स्थापित भएको जिकिर गरे । 

 निजी क्षेत्रले अहिले पनि सूचना तथा प्रविधि सेवा निर्यातमार्फत बर्सेनि अर्बौँ वैदेशिक मुद्रा भित्र्याइरहेको, करिब एक लाख युवाले देशभित्र रहेर विभिन्न देशमा सूचना तथा प्रविधि निर्यात गरिरहेको बताए । 

मन्त्री शर्माले सूचना तथा प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेकाले राज्यले सूचना तथा प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रूपमा स्वीकार गरेको बताए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -