- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बाबुरामको गुनासो : प्रचण्डले गोरखाबाट जितेपछि धोका दिए, सत्तामोहमा डुबे

May 1, 2024
112
Shares
- ADVERTISEMENT -

 नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा चरम सत्तामोह देखिएको गुनासो गरेका छन् ।

१३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीले बुधबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा भट्टराईले सत्ताका लागि प्रचण्डले जोसुकैसँग पनि समीकरण गर्ने र तोड्ने गरेको आरोप लगाए ।

- ADVERTISEMENT -

Advertisement

माओवादी आन्दोलनका केही नेताहरूको आग्रहमा प्रचण्डलाई २०७९ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा आफूले छाडेर सहयोग गरेको पनि उनले बताए ।

आफूले साथ दिएकैले प्रचण्डले गोरखा २ बाट जित्न सफल भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बताए । तर चुनाव जितेपछि प्रचण्डले खोला तर्यो लौरौ बिर्स्यो जस्तो व्यवहार देखाएको जिकिर पनि उनले गरे ।

- ADVERTISEMENT -

Advertisement

भट्टराईले प्रचण्डप्रति आफ्नो विश्वास नरहेपछि माओवादीभित्रका केही व्यक्तिले नयाँ ढंगको आन्दोलनका लागि जानुपर्छ भनेकाले नै साझा चुनाव चिन्ह लिएर निर्वाचन लडेको बताए ।

पार्टीले नयाँ बाटो तय गरेको भन्दै देशलाई विकल्प दिएरै छाड्ने जिकिर पनि उनले गरेका छन् । पुराना शक्तिहरूलाई जतिसुकै दया-माया गरे पनि उनीहरू सच्चिने सम्भावना नरहेको पनि उनले बताएका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नभएसम्म देशमा राजनीतिक स्थिरता र सुशासन कायम हुनै नसक्ने उनले ठोकुवा गरे ।

अब पार्टीभित्र कुनै पदाधिकारी नरहेको भन्दै प्रत्यक्ष निर्वाचित पदाधिकारी चयन गर्नेसहितको नयाँ पार्टी अभियानको घोषणासमेत उनले गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com