- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘ट्रोल’ गर्नेहरूलाई मिलनको जवाफ : छिट्टै साग पसल खोल्दै छौँ

May 1, 2024
106
Shares
- ADVERTISEMENT -

इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका मिलन लिम्बु हालै सम्पन्न उपनिर्वाचनमा पराजित हुन पुगे । चुनाव हारेपछि अहिले उनले चुनावअघि बोलेको विषयलाई लिएर ‘ट्रोल’ गरिँदैछ । 

वास्तवमा लिम्बुलाई निर्वाचन अगाडि पत्रकारहरूले ‘चुनाव  जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ?’ भनेर प्रश्न गरेका थिए । यसको जवाफमा लिम्बुले ‘सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु’ भन्ने जवाफ दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

यही विषयलाई लिएर मजाक उडाउन थालेपछि लिम्बुले साँच्चै नै साग पसल खोल्न लागेको जवाफ दिएका हुन् । ‘ जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा (इलाम) का सम्भावनाहरू थाहै छैन । जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ । त्यसैले यो विषयलाई ‘ट्रोल’ बनाउने कोसिस भयो । त्यसमा भन्नु केही छैन,’ उनले भनेका छन् ।

‘हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ । यसका आधारभूत कामहरू सुरु भइसकेका छन् । किसानबाट सङ्कलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ । यसका सम्भावित बजारबारे अध्ययन भएको छ । हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ,’ उनले थपेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com