- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

इलाम र बझाङको उपनिर्वाचनमा सैद्धान्तिक रुपमा कांग्रेसको जित भयोः रामहरि खतिवडा

May 1, 2024
218
Shares
- ADVERTISEMENT -

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितीका सभापति रामहरि खतिवडाले उपनिर्वाचनका सैद्धान्तिक रुपमा कांग्रेसको जित भएको टिप्पणी गरेका छन् । कांग्रेस खिजिदेम्बा गाउँपालिका समितीद्वरा आयोजित प्रशिक्षण कार्यक्रममालाई सम्बोधन गर्दै उनले गणितीय रुपमा चुनाव हारेको भएपनि सैद्धान्तिक रुपमा कांग्रेसको जित भएको बताएका हुन् ।

उनले इलाम र बझाङको चुनावी परिणामले आत्तिन आवश्यक नरहेको बताए । उनले कांग्रेसले अब संगठन निर्माणमा जोड दिन आवश्यक रहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

इलाम र बझाङमा मत बढेको स्मरण गराउँदै उनले गठबन्धनको कारण कांग्रेसका उम्मेदवार विजयी हुन नसकेको बताए । उनले नेपाली राजनीतिले स्थिरताको बाटो कहिल्यै नरोजेको बताउँदै अहिले सानो–सानो पार्टीले च्याँखे दाउ खाने गरेको बताए ।

खतिवडाले कांगेसले सबै जात, धर्म र वर्गको नेपाल बनाउन चाहेकोसमेत बताए । कार्यक्रममा केन्द्रिय निती, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचर्य, पार्टी जिल्ला सभापति तेजेन्द्र खनाल, सचिवद्वय अजय लुइटेल, राज कुमार ढुंगाना, महाधिवेशन प्रतिनिध वेद बहादुर रोक्का, हरि दाहाल, जिल्ला सदस्यहरु सुशिला तमाङ, टंक सुनुवार र प्रकाश दाहाल तरुण दल केन्द्रीय सदस्य गोविन्द पौडेल, रोशन महतरालगायात नेता कार्यकर्ताको उपस्थिती थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com