- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेस नेता सिटौलाको आग्रह- समाजलाई सही मार्गमा हिँडाऔँ, सबै दल एक ठाउँमा उभिऔँ

May 1, 2024
134
Shares
- ADVERTISEMENT -

कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राजनीतिक दलहरू आपसमा विभाजित भए पनि सामाजिक एकता र देश विकासका लागि एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन् । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरू आपसमा विभाजित भए पनि समाजलाई विभाजनको बाटोतर्फ लैजान नहुनेमा जोड दिँदै समाजको प्रगतिका लागि एकजुट हुनुपर्ने बताए । 
 
उनले भने, ‘हामी विभिन्न राजनीतिक दलमा विभाजित भएका छौँ ।  तर हामीले विभाजित भएर समाजलाई हिनाउने होइन, सबै राजनीतिक दलका नेता र कार्यकर्ताले यो कुरा बुझ्न आवश्यक छ ।  आजको दिनमा समाजको प्रगतिको लागि हामी एक ठाउँमा जुट्नै पर्छ, एकै ठाउँमा बस्नै पर्छ र यसमा गम्भीरतापूर्वक विचार गर्नुपर्छ ।’

- ADVERTISEMENT -

Advertisement

समाजको प्रगतिमा नै सबैको प्रगति हुने बताएका उनले सामाजिक एकता,सद्भाव र सहकार्य गर्नुपर्नेमा जोड दिए । एक आपसमा दलहरू झगडा र विरोध गरेर समाज विकास नहुने तर्क गरेका उनले सिङ्गो नेपाल र नेपाली जनताको बारेमा सोचेर राजनीतिक दलले एक ठाउँमा उभिएर काम गरे मात्र राष्ट्र बलियो हुने धारणा राखे ।  

कार्यक्रममा सहिद गंगालालको योगदानको स्मरण गरेका उनले विभिन्न आन्दोलनहरूमा ज्यानको आहुति दिएका सहिदहरूले देश विकासका लागि देखेका सपना पूरा गर्न सरकारमा सहभागी सबै दलहरू एकजुट हुन आवश्यक भएको उल्लेख गरेका हुन् । राष्ट्रलाई बलियो बनाउने अभियानको थालनी समाजबाटै गर्नुपर्ने भनाई उनको थियो । 

- ADVERTISEMENT -

Advertisement

‘सहिदहरूले आम जनताको अधिकार प्राप्ति, आर्थिक प्रगति, सामाजिक सद्भाव एवं सिङ्गो राष्ट्रिय एकताका लागि सबै लाग्नुपर्ने भन्दै उनले थपे, ‘हामीले ठूला ठूला राजनीतिक आन्दोलन गरेर देशलाई यहाँसम्म ल्याएका छौँ । अब समाजलाई सही बाटोमा हिँडाउने,समाजमा कोही पनि मानिस पछि नपरोस् भनेर सोच्ने बेला आएको छ । आर्थिक रूपमा पछाडि परेकाहरूको लागि हामीले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,’ नेता सिटौलाले भने ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com