- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विश्वका नेपालीभाषीलाई नेपालसँग जोड्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

May 1, 2024
65
Shares
- ADVERTISEMENT -

 उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपालसँग जोड्नुपर्ने बताएका छन् । 

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग मङ्गलबार मन्त्रालयमा भएको भेटमा उहाँले नेपाली भाषा, संस्कृति या कुन माध्यमबाट हुन्छ संसारका नेपालीभाषीहरूलाई नेपालसँग जोड्नुपर्ने बताए।

- ADVERTISEMENT -

Advertisement

यसबाट एकपटकको नेपाली, सधैँको नेपाली भन्ने मान्यता पनि स्थापित हुन जाने मन्त्री श्रेष्ठले उल्लेख गरे । उनले राजनीतिभन्दा माथि उठेर एएनओले अन्य संस्थासँग समेत सहकार्य गरी नेपाली भाषा, संस्कार, सभ्यता र नेपाली परम्परामार्फत नेपालीभाषीहरूलाई एकीकृत गर्न सुझाव दिएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिए । 

भेटका अवसरमा एएनओका अध्यक्ष डिल्ली अधिकारीले आफूहरूले नेपाली भाषा, कला र संस्कृतिमार्फत भावी पुस्तालाई पनि नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना गर्ने उद्देश्यले यो अभियान सुरु गरेको जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

प्रवासमा रहेका नेपालीभाषी लगानीकर्तालाई नेपालमै आई लगानी गर्न र आफ्ना पुर्खाको पहिचान जोडिएको माटोमा केही गर्न प्रेरित गरिरहेको जानकारी दिए ।

भेटमा अध्यक्ष अधिकारीसहित महासचिव भट्टराई, सचिव चिरनजङ्ग थापा र संस्थापक सदस्यहरू बाबुकृष्ण कार्की, केबी कार्की, ओम गुरुङ सहभागी थिए ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीहरूको थाइल्याण्डको बैङ्ककमा गत चैतमा सम्पन्न भेलाले नेपाली जाति र नेपालीभाषीहरूलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एएनओ गठन गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com