- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बढ्यो हवाई इन्धनको मूल्य, घट्यो डिजेल र मट्टितेलको, नयाँ मूल्य आजदेखि लागु

May 1, 2024
78
Shares
- ADVERTISEMENT -

 नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको मंगलबार बैठकले आज बुधबारदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपौयाँले घटाएको हो।

- ADVERTISEMENT -

Advertisement

निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैयाँ तोकेको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ। निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ।

- ADVERTISEMENT -

Advertisement

मूल्य बढेसँगै हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु एक सय ३७ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ।

पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com