- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कर्णाली प्रदेशमा नियुक्त भए ७ मन्त्री

April 30, 2024
82
Shares
- ADVERTISEMENT -

कर्णालीमा एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार मन्त्रीहरु नियुक्त गरेका हुन्।

उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ। कँडेलले माओवादीबाट महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, रणसिंह परियारलाई जलस्रोत तथा उर्जा विकास मन्त्री र वीरबहादुर शाहीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन्।

- ADVERTISEMENT -

Advertisement

उर्जा मन्त्री बनेका रणसिंह परियार यसअघि विनाविभागीय मन्त्री नियुक्त भएका थिए।

वैशाख १३ गते कँडेलले विश्वासको मत लिने दिन उनी विनाविभागीय मन्त्री बनेका थिए। एमालेबाट विनोद कुमार शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेरबहादुर बुढालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा नियुक्त गरेका छन्

- ADVERTISEMENT -

Advertisement

मुख्यमन्त्री कँडेलले गमता विकलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका छन्। एमालेले भाग पाएको आन्तरिक मामिला तथा योजना मन्त्रालय कँडेलले आफैसँग राखेका छन्। कर्णालीमा मुख्यमन्त्रीसहित आठ जना मन्त्रालय छन्।

यसअघि कर्णालीमा सत्तारुढ दलहरु माओवादी र एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद पूर्ण बनेको थिएन।

वैशाख ११ गते दुई दलबीच मन्त्रालय भागबण्डा टुंगिएको थियो। जसअनुसार माओवादीले चार वटा र एमालेले मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय लिने सहमति भएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com