- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विमानस्थलबाटै अपहरण, २ जना पक्राउ

April 30, 2024
314
Shares
- ADVERTISEMENT -

कतारबाट काठमाडौं उत्रिएलगत्तै अपहरणमा परेका राजविराजका सितेन्द्र यादवलाई प्रहरीले उद्धार गरेको छ ।

सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपहरणमा परेका यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलवार बिहान उद्धार गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

साथै अपहरणमा संलग्न अजिम अली र सलिम अलाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।​

उनीहरूले विमानस्थलबाटै यादवको अपहरण गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

यादवलाई कोठामा पुर्‍याएपछि उनीहरूले उनकी श्रीमतीलाई फोन गरेर ४ लाख ८० हजार रुपैयाँ फिरौती मागेका थिए।​

प्रहरीका अनुसार यादवलाई  कोठामा लगेर हात खुट्टा बाँधेर राखिएको अवस्थामा ​सिनामंगलबाट उद्धार गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -