- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नाउपाकी थापा बनिन् मन्त्री

April 30, 2024
152
Shares
- ADVERTISEMENT -

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री दीर्घ सोडारीले मंगलबार नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ ।

वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन सोडारीले नाउपका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

फेरि नाउपाकै अर्का सांसद थापालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

साथै, मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com