- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

छानबिन समितिले भन्यो : दुर्गा प्रसाईंको हतियार लाइसेन्स लिएर पनि राख्न मिल्दैन

April 29, 2024
225
Shares
- ADVERTISEMENT -

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईको हतियारबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक सहसचिव राजेन्द्रदेव पाण्डेले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

५ चैतमा सर्वोच्च अदालतको गेटबाट हतियारसहित प्रसाईंका दुई बडीगार्ड रामकुमार धिमाल र दीपक खड्का पक्राउ परेका थिए । उनीहरु पक्राउ परेपछि गृह मन्त्रालयले सहसचिव पाण्डेको संयोजकत्वमा समिति बनाएर छानबिन सुरु गरेको थियो ।

सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानूनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको प्रतिवेदनमा उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

देशभर हतियारको इजाजत पत्र दिँदा, नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न र नियमन गर्नसमेत प्रतिवेदनमा सुझाव दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -