- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कर्णालीका मुख्यमन्त्रीलाई कांग्रेसको प्रश्न : अहिलेसम्म सरकार गठन किन नगरेको ?

April 29, 2024
97
Shares
- ADVERTISEMENT -

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अहिलेसम्म सरकार गठन गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले अहिलेसम्म पनि सरकार गठन गर्न नसक्नु राम्रो नभएको बताए ।

‘लोकलाज मान्नुपर्ने हो, यतिका दिनसम्म पनि सरकारले पूर्णता पाउँदैन, जनताले के भन्लान्,’ उनले प्रश्न गरे, ‘मुख्यमन्त्रीले यसअघिको बैठकमा यो स्थिति धेरै दिन रहँदैन भन्नुभयो । तर आज पनि खाली नै ?’

- ADVERTISEMENT -

Advertisement

सरकार विस्तार नभई मन्त्री नहुँदा कतिपय फाइल रोकिएको उनले बताए । ‘यो महत्त्वपूर्ण समय हो, एउटा बजेट बनाउने समय हो,’उनले भने, ‘मन्त्रालय मन्त्रीविहीन छन् । यो राम्रो कुरा भएन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -