- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

इलाम २ मा अहिलेसम्म ३५ हजार ६ सय ११ मतको परिणाम सार्वजनिक

April 29, 2024
268
Shares
- ADVERTISEMENT -

इलाम–२ मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङकाे अग्रता ५ हजार नाघेकाे छ ।

अहिलेसम्म ३५ हजार ६ सय ११ मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १४ हजार ६ सय १३ मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३ सय ११ मत प्राप्त गर्नुभएको छ । नेम्वाङ र खड्काबीच ५ हजार ३ सय २ मतको अन्तर छ ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार ५ सय ७० मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ५७ मत प्राप्त गर्नुभएको छ ।

अस्ति शनिवार भएको मतदानमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो । एमालेका नेता सुवाचन्द्र नेम्वाङको निधन भएपछि अहिले उपचुनाव भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -