- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

दलको सदस्यबाट राजीनामा दिँदै शिक्षकहरू

April 29, 2024
114
Shares
- ADVERTISEMENT -

 विभिन्न राजनीतिक दलको सदस्य रहेका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गरेका शिक्षकहरूले विभिन्न राजनीतिक दलको सदस्यबाट राजीनामा दिन थालेका हुन्

शिक्षामन्त्री सुमना श्रेष्ठले २०८१ वैशाख ४ गते मन्त्रीस्तरीय निर्णयबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई दलको सदस्य भएको खण्डमा कारबाही गर्ने निर्णय गरेकी थिइन् । मन्त्रीस्तरीय निर्णयपछि राजनीतिक दलको सदस्यता लिने, कार्यकारी समितिमा रहने, महाधिवेशन प्रतिनिधि हुने जस्ता कार्य गर्ने शिक्षकमाथि कारबाही गर्न भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई परिपत्र गरिएको थियो

- ADVERTISEMENT -

Advertisement

मन्त्रालयबाट केन्द्रलाई परिपत्र गरेसँगै केन्द्रले देशभरका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको थियो । इकाईहरूले समेत सामुदायिक विद्यालयहरूलाई सार्वजनिक सूचना जारी गर्दै राजनीतिक दलको सदस्यता लिने, कार्यकारी समितिमा रहने, महाधिवेशन प्रतिनिधि हुने जस्ता कार्य नगर्न/नगराउन भनेका छन् ।

इकाईहरूले सार्वजनिक सूचना जारी गरेसँगै त्यस्ता शिक्षकहरूले राजीनामा दिन थालेका हुन् । बाग्लुङमा नेपाली कांग्रेस वडा उपसभापति रहेका शिक्षकले राजीनामा दिएका छन् । गलकोट नगरपालिका वडा नम्बर ३ नेपाली कांग्रेस उपसभापति गुनबहादुर खत्रीले उपसभापति पदबाट राजीनामा दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले वडा कार्य समिति सभापतिलाई पत्र लेख्दै राजीनामा बुझाएका हुन् । उनी धवलागिरि आधारभूत विद्यालयका स्थायी शिक्षक हुन् । त्यस्तै उनी विगतदेखि नै नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिई नेपाली कांग्रेस वडा नम्बर ३ वडा कार्य समितिको उपसभापति पदमा थिए । उनले उपसभापतिको जिम्मेवारी तथा नेपाली कांग्रेसको क्रियाशील सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

त्यस्तै कपिलवस्तुमा समेत शिक्षकहरूले दलको सदस्यबाट राजीनामा दिन थालेका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र कार्यरत ६० भन्दा बढी शिक्षकहरूले आफू कुनै दलको सदस्य नरहेको जानकारी गराएका छन् । शिक्षा शाखा प्रमुख दिनेश चौधरीले कुनै पनि दलमा आबद्धता नरहेको जानकारीसहित ६० भन्दा बढी शिक्षकहरूले निवेदन दिएको बताए । कपिलवस्तुको बाँणगंगा नगरपालिकाका एक शिक्षकले दलको सदस्यता त्यागेका छन् । नवराज बेलबासेले दलको सदस्यता त्यागेको जानकारी गराएका हुन् ।

438081325_831536899080007_3845752776540009205_n

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -