- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रास्वपाका मिलन भन्छन्- सोचे जस्तो मत आएन

April 29, 2024
190
Shares
- ADVERTISEMENT -

 इलाम क्षेत्र नम्बर २ अन्तरगत भएको निर्वाचनमा रास्वपाले अपेक्षा गरेभन्दा कम मत पाएको छ । ४ वटा पालिकाको मत गणना सक्दा रास्वपा चौथो स्थानमा छ ।

फाकफोकथुम चुलाचुली, माङ्सेवुङ्ग गाउँपालिका र माई नगरपालिकाको मतगणना सकिदा रास्वपाले जम्मा १६३६ मत पाएको छ । यो अपेक्षा गरे भन्दा कम खसेको रास्वपाका उम्मेदवार मिलान लिम्बु स्वीकार गर्छन् ।

- ADVERTISEMENT -

Advertisement

अपेक्षा गरेभन्दा कम मत झर्‍यो उनले भने, ‘हामीले यी क्षेत्रबाट पनि राम्रै मत पाउँछौ भन्ने अपेक्षा गरेका थियौ । तर सोचे जस्तो मत खसेन ।’

उनले बाँकी रहेका २ वटा नगरपालिकामा राम्रो मत आउने अपेक्षा गरे । देउमाई र इलामबाट राम्रै मत खस्छ । उनले भने, जितका लागि पर्याप्त नभए पनि सम्मान जनक मत आउँछ भन्ने अपेक्षा छ ।

- ADVERTISEMENT -

Advertisement

२२ वटा वडाको मत गन्दा एमालेका सुहाङ्ग नेम्वाङ्गले १२४०५ मत पाएका छन् । उनलाई काङ्ग्रेसका डम्बर खड्काले पच्छ्याइ रहेका छन् । उनले ७८८२ मत पाएका छन् ।

एमाले र काङ्ग्रेसको मतान्तर ४२२३ रहेको छ । तोस्रो स्थानमा भने पहिचान पक्षका उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७७६९ मत पाएका छन्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -