- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बझाङमा कांग्रेस र एमालेको १० हजार मत कट्यो, २५ मतले एमाले अगाडि

April 29, 2024
201
Shares
- ADVERTISEMENT -

 बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ । हिजो दिनभर एमालेले अग्रता लिएको यो क्षेत्रमा आज बिहानदेखि कांग्रेसले अग्रता लिएको थियो । अहिले फेरि एमालेले झिनो मतले अग्रता लिएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले १० हजार १ सय ४९ र कांग्रेसका अभिषेक बहादुर सिंहले १० हजार १ सय २४ मत ल्याएको छ । भण्डारी २५ मतले मात्रै अगाडि हुनुहुन्छ । त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ६ सय ९५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ४ सय २७ मत ल्याएको छ ।

- ADVERTISEMENT -

Advertisement

अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २६ हजारभन्दा धेरै मतगणना भैसकेको छ ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याएको थियो । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com