- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नाबालिग हत्या आरोपमा आमाछोरी पक्राउ

April 29, 2024
84
Shares
- ADVERTISEMENT -

 सिरहाको सिरहा नगरपालिका–१८ जरुवा स्थित लक्ष्मीनिया टोलबाट प्रहरीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४७ वर्षीया सोना देवी यादव र पूजा कुमारी यादव छन् ।

रमेश यादवको ३ वर्षीया छोरी रिया कुमारी यादवलाई हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सिराहाका एसपी सन्तोष आचार्यले बताए ।

- ADVERTISEMENT -

Advertisement

पक्राउ परेका सोना देवी र पूजा कुमारी आमा छोरी हुन् । डेढ वर्षअघिको विवादलाई लिएर आमा छोरी मिलेर बालिकाको हत्या गरेका हुन् । सडकमा खेलिरहेकी रियालाई बिस्कुट दिएर घरमा ल्याएपछि घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपी र मृतकका बुवा आमा छिमेकी हुन् । आरोपीहरू विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com