- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

इलाम–२ मा दुई वडाको मत गनी सक्दा कांग्रेसको अग्रता कायमै

April 28, 2024
164
Shares
- ADVERTISEMENT -

इलाम–२ को उपचुनावअन्तर्गत् जारी मत गणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ।

- ADVERTISEMENT -

Advertisement

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले १ हजार १५५ मत ल्याएका छन्। उनीभन्दा ९२ मतले पछि रहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकिन्द्रसिंह थेगिमले ३१३ मत प्राप्त गरेका छन्।

- ADVERTISEMENT -

Advertisement

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले २११ मत प्राप्त गरेका छन्।

अहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ को मतगणना भइरहेको छ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो।

शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। 

यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -