- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

इलाम २ मा कांग्रेसले लियाे अग्रता, रास्वपा चाैथाे

April 28, 2024
218
Shares
- ADVERTISEMENT -

इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् ।

यस्तै, एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८७ मत तथा रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन् । विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -