- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

इलाम-२ मा सुहाङको अग्रता कायमै, पछ्याउँदै डेकेन्द्र

April 28, 2024
634
Shares
- ADVERTISEMENT -

शनिबार मतदान भएको इलाम-२ मा मतगणना जारी छ। प्रारम्भिक गणनामा नेकपा एमालेका सुहाङ नेम्वाङ अगाडि देखिएका छन्।

१२ सय ९७ मत गन्दा सुहाङले ४५५ मत पाएका छन्।

- ADVERTISEMENT -

Advertisement

दोस्रो स्थानमा पहिचानवादी उम्मेदवार डेकेन्द्र थेगिमले ४०१ मत पाएका छन्।

तेस्रोमा कांग्रेसका डम्बर खड्काले ३३५ मत ल्याएका छन्। रास्वपाका मिलन लिम्बूले ९६ मत पाएका छन्।

- ADVERTISEMENT -

Advertisement

बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना एक घन्टा ढिलो गरी सुरु भएको थियो।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ। इलाम-२ मा १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्

उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -