- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

April 28, 2024
55
Shares
- ADVERTISEMENT -

  होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको हो ।

मधेस प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीको उपस्थितिमा भएको समारोहमा होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतम र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) गण्डकी पोखराका अध्यक्ष कमला गिरीले आपसी मित्रता, भ्रमण र अनुभव आदानप्रदान गरिने बताउँदै मितेरी सम्बन्ध कायम गरिएको घोषणा गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

गण्डकीबाट मधेसका पर्यटकीयस्थल अवलोकन र थप सम्भावनाबारे अध्ययन गर्न मधेस आएको गण्डकी टोलीको सम्मानमा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले आयोजना गरेको सम्मान समारोहमा यो घोषणा भएको हो ।

समारोहमा पर्यटन व्यवसायी महिला सङ्घ गण्डकी पोखराकी अध्यक्ष गिरीले मधेस धार्मिक पर्यटनको दृष्टिले उर्वर रहेको धारणा राखिन् । उनले भनिन्, ‘यहाँ सप्तरीबाट पर्सासम्मका आठै जिल्लामा प्राचीन धार्मिक सम्पदा रहेछन्, यद्यपि तिनको समुचित व्यवस्थापन हुनसकेको रहेनछ ।’

- ADVERTISEMENT -

Advertisement

समारोहमा सरिक मधेस सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, श्रम तथा यातायातमन्त्री बेची लुङ्गेली र गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदा थापाको ध्यानाकर्षण गराउँदै उनले आर्थिक वर्ष २०८१–८२ को बजेटमा ध्यान दिन आग्रह गरिन् ।

उनले तीनैजना मन्त्री, होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र होटल तथा पर्यटन व्यवसायी सङ्घलाई गण्डकी भ्रमणको निमन्त्रणा हस्तान्तरण गरिन् ।

मन्त्री भट्टराईले मधेसमा पर्यटन पूर्वाधारका काम योजनाबद्ध रूपले अघि बढ्ने प्रतिबद्धता जनाए । प्राचीनकालदेखिका जनमनमा स्थापित धार्मिक र पर्यटकीयस्थलका रूपमा विकास गरिने उनको भनाइ थियो ।

मन्त्री लुङ्गेलीले मन्त्रालयमातहतका कामलाई पारदर्शी बनाउन लागिपरेको बताइन् । राज्यमन्त्री थापाले आफ्नो तहबाट प्रदेशको पर्यटन प्रवर्द्धनका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

समारोहमा उद्यममा महिला सहभागिता बढाउन र आर्थिक उपार्जनमा महिलालाई अग्रसर गराउनेबारे ‘दिगो पर्यटनका लागि समान सहभागिता’ विषयमा भएको छलफलमा मधेस र गण्डकीका व्यवसायीले आफ्ना अनुभव आदानप्रदान गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -