- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आगलागी प्रभावित क्षेत्रमा खटिन कार्यकर्तालाई देउवाको निर्देशन 

April 26, 2024
122
Shares
- ADVERTISEMENT -

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगलागी प्रभावित जिल्लाका भ्रातृ तथा शुभेच्छुक संस्था सबैलाई राहत तथा उद्धारा लाग्न निर्देशन दिएका छन् । पार्टी मुख्य सचिव कृष्ण पौडेलले शुक्रबार विज्ञप्तिमार्फत सभापति देउवाले दिएको निर्देशन बारेमा जानकारी दिएका छन् । 

देउवाले कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग पुर्‍याउन निर्देशन दिउका छन् । 

- ADVERTISEMENT -

Advertisement

सभापति देउवाले आगलागी क्षेत्रमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्वन गर्न सरकारसँग आग्रह गरेका छन् । आगलागीका कारण जलेर घाइते हुन पुगेकाहरूको उचित उपचारको प्रबन्ध तथा घरवारबिहीन हुन पुगेका पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रबन्ध गर्न सभापति देउवाले सरकारसँग माग गरे ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -