- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’

April 26, 2024
158
Shares
- ADVERTISEMENT -

आज शुक्रबारबाट फिल्म ‘बोक्सीको घर’ र ‘रुसलान’ प्रदर्शन आएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका यी दुई मध्य ‘बोक्सीको घर’ नेपाली हो भने ‘रुसलान’ हिन्दी फिल्म हो । यी दुवै फिल्म एक अर्काको प्रतिस्पर्धामा उत्रिएको हो ।

यद्यपी देशभरका सबै फिल्म हल यी दुवै फिल्म मात्र पाएको छैन । किनभने गत चैत्र ९ बाट प्रदर्शनमा आएका फिल्म ‘महाजात्रा’ र चैत्र ३० गते प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले पनि अझै धेरै स्टेशनमा कब्जा जमाइ राखेका छन् ।

- ADVERTISEMENT -

Advertisement

‘बोक्सीको घर’ :
अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ सुलक्षण भारतीको लेखन निर्देशनमा तयार भएको हो । फिल्मका निर्माता बद्री अधिकारी रहेका छन् ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि घुमेको फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

फिल्ममा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन छ भने टिफल्क फिल्मस्ले  देशभर वितरण गरेको हो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -