- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता

April 26, 2024
142
Shares
- ADVERTISEMENT -

 वैशाख १४ – राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको घटनामा एक जना पक्राउ परेपछि पार्टीकै शीर्ष नेताहरूले उनको रिहाइका लागि दौडधुप बढाएका छन् । 

प्रहरीले बिहीबार कालिकोटको तलाताँ गाउँपालिका वडा नम्बर घर भई हाल काठमाडौँको निलोपुल बस्ने ३१ वर्षीय निराजन बमलाई पक्राउ पक्राउ गरेर हिरासतमा राखेको थियो । लगत्तै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठकलगायतका नेताहरू रिहाइको माग गर्दै प्रहरी कार्यालयमा धाउन थालेका हुन् । 

- ADVERTISEMENT -

Advertisement

यी नेताहरू बिहीबार पक्राउ परेसँगै प्रहरी वृत्त महाराजगन्जमा पुगेका थिए । उनीहरूले घटना सामान्य रहेकाले मुद्दा नचलाउन भन्दै तत्काल रिहाइ गर्न आग्रह गरेका थिए । बिहीबारमात्रै होइन शुक्रबार पनि उनीहरू बमको रिहाइका लागि दबाब दिन पुगेको खुलेको छ । 

गत फागुन २७ गते बिहान राप्रपाको पार्टी कार्यालयको बैठक हलअगाडि एक समूहले श्रेष्ठमाथि हातपात गरेको थियो । उक्त घटनामा श्रेष्ठले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई बिहीबार नियन्त्रणमा लिएर महाराजगन्ज वृत्तमा राखेर अनुसन्धान गरिरहेको छ । तर, उनीमाथि अनुसन्धान रहेकै बेला मिश्रसहितका नेताहरूले रिहाइका लागि दबाब दिइरहेका हुन् । 

- ADVERTISEMENT -

Advertisement

केन्द्रीय सदस्य पाठकले आफूहरू प्रहरी वृत्तमा पुगेको स्विकार्दै सामान्य घटनालाई पार्टीभित्रैबाट अपराधीकरण गर्न खोजिएकाले बमको तत्काल रिहाइ हुनुपर्ने आफूहरुको धारणा रहेको बताए । बमविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भएको बताइएको छ । 

सो घटनामा मुछिएपछि राप्रपाको कार्यसम्पादन समितिको बैठकले बमलाई राप्रपा निकट विद्यार्थी सङ्गठनको सदस्य सचिवबाट ४ वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । पार्टी अनुशासन विपरीतको गतिविधि गरेको निष्कर्षका साथ बमलाई निलम्बन गर्न मिश्र र राणासहितको समर्थन रहे पनि अहिले भने उनीहरूले पक्राउ परेकालाई छुटाउन दौडधुप गर्न थालेको एक नेताले बताए । 

सशस्त्र प्रहरीका पूर्वएआईजी समेत रहेका श्रेष्ठले घटनाको केही दिनपछि प्रहरी वृत्त महाराजगन्जमा ठाडो उजुरी दिएका थिए । 

राप्रपाको फागुन २७ गते बसेको कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठको विक्रम पाण्डेसँग भनाभन भएपछि कुटपिटको घटना भएको बताइएको छ । कार्यसम्पादन समितिको बैठकमा छलफलका क्रममा नेता विक्रम पाण्डेमाथि विभिन्न प्रश्न उठेको भन्दै आलोचना भएको थियो । सोही क्रममा श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारमा संलग्न रहेको भन्दै पार्टी बचाउमा लाग्नुपरेको बताएका थिए । 

त्यसपछि आक्रोशित हुँदै पाण्डे बैठकस्थलबाट बाहिरिएका थिए भने त्यसलगत्तै पार्टी कार्यालयमा भेला भएका केही युवाले श्रेष्ठमाथि हातपात गरेको नेताहरू बताउँछन् । 

सो घटनामा बमसहित सहायक महामन्त्री प्रेम बलायर र काठमाडौँ ४ का क्षेत्रीय अध्यक्ष रिद्दिप्रताप जबरालाई पनि निलम्बनमा परेका थिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -