- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अपहरण तथा शरीर बन्धकमा संलग्न ६ जना प्रहरी नियन्त्रणमा

April 26, 2024
124
Shares
- ADVERTISEMENT -

वैशाख १४ – अपहरण तथा मानव बन्धक कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई मुद्धा चलाएको छ । प्रहरीले बाग्लुङ्गको  गलकोट नगरपालिका -१ स्थायी घर भइ हाल काठमाडौं बस्दै आएका ३८ वर्षीय सागर कुंवर,बुटवल उपमहानगरपालिका -७ शिवनगरका ३२ वर्षीय सागर गुरुङ्ग,बुटवल उपमहानगरपालिका -१३ बस्ने ३३ वर्षीय ओम बराल,कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका-३ कर्माना बस्ने ४३ वर्षीय शान्ति लम्साल,अर्घाखाचीको सन्धिखर्क नगरपालिका -२ बस्ने ३२ वर्षीय प्रकाश नेपाली र रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका -९ बस्ने ३४ वर्षीय तुलसी बनलाई अपहरण तथा मानव बन्धक कसुरमा संलग्न रहेको भनी मुद्धा चलाएको हो । 

प्रहरीले जिल्ला अदालतबाट ५ दिन थुनामा राखी थप अनुसन्धान गर्न म्याद थप गराएको छ । पक्राउ परेका ६ जनाविरुद्ध  कपिलवस्तु नगरपालिका ३ मालपाराका स्थानीय ३७ वर्षीय युवा विनित मिश्राको अपहरण गरी बन्धक बनाएको आरोप छ । 

- ADVERTISEMENT -

Advertisement

प्रहरीले  पत्रकार सम्मेलन गरी पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ ।  स्थानीय युवा विनित मिश्रालाई घरबाट तौलिहवा बजार आउँदै गर्दा शिवमन्दिर टोल नजिकैको मुख्य सडकबाट एउटा नम्बर नखुलेको सानो गाडीमा जबरजस्ती बसालेर अपहरण गरेका थिए

 गाडीभित्र हात खुट्टा बाँधेर, मुखमा पट्टी कोचेर मिश्रालाई अपहरणकारीले बुटवल उपमहानगरपालिका -११ मैनाबगरस्थित गुल्मेली ग्रीन टाउन होटलको दोस्रो तल्लाको एक कोठमा लगेर बन्धक बनाएर राखेका थिए । सोही होटलको कोठामा हात खुट्टा बाँधेर कुटपिट गरी रकम माग गरिरहेको अवस्थामा मिश्रालाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक वलीले बताए ।

- ADVERTISEMENT -

Advertisement

अपहरणको खबर पाएलगत्तै प्रहरीले खोजी  शुरु गरेको थियो । अहपरित युवा मिश्राको उद्धारका लागि प्रहरी उपरीक्षक नवरत्न पौडेलको कमाण्डमा ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझी सहितको टोली परिचालन भएको थियो । 

पक्राउ परेका सागर कुँवरको मुख्य योजनामा उनका केही सहयोगीहरूसहितले विनित मिश्रालाई अपहरण गरेका थिए  । सागर कुंवर र विनित मिश्राबीचको आपसी आर्थिक लेनदेनका कारण घटना घटेको प्रहरीले जनाएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -