- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

चलचित्र विकास बोर्डद्वारा राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार घोषणा

April 26, 2024
119
Shares
- ADVERTISEMENT -

 वैशाख १४ – चलचित्र विकास बोर्डले राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार घोषणा गरेको छ । शुक्रबार सूचना जारी गर्दै बोर्डले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार प्रदान गर्ने जानकारी दिएको हो । 

पुरस्कार विभिन्न विधामा राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार २०८० वैशाख १ देखि  चैत मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका चलचित्रहरूलाई पुरस्कारका लागि छनौट गरिनेछ । 

- ADVERTISEMENT -

Advertisement

विशेष चलचित्रको हकमा २०८० वैशाख १ देखि चैतसम्म प्रदर्शनमा उत्तीर्ण भएका र आदिवासी जनजाति, आदिवासी मातृभाषाका चलचित्रको हकमा २०८० वैशाख १ देखि चैतसम्मको परीक्षामा उत्तीर्ण भई सार्वजनिक प्रदर्शनमा उत्तीर्ण भएका चलचित्रकर्मीलाई विधामा सहभागी गराइने बोर्डले जनाएको छ । 

चलचित्र निर्माताहरूले सहभागिताका लागि सूचना पहिलो पटक प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयभित्र सहभागिता दिनुपर्नेछ । 

- ADVERTISEMENT -

Advertisement
notice.jpg

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -