- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुर्घट्नामा परेका सभापति खांनले संसद् सचिवालयमा गाडी माग्दापनि पाएनन्, भोलिको बैठकमा कसरी जाने भन्ने चिन्ता

April 24, 2024
121
Shares
- ADVERTISEMENT -

 गम्भीर सवारी दुर्घटनामा परेका जनमत पार्टीका सांसद तथा प्रतिनिधिसधाअन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खांनले अर्को गाडी माग्दा संसद् सचिवालयले नदिएको भन्दै गुनासो पोखेका छन् ।

खांन सवार गाडी गत चैत्र २६ गते धादिङको कृष्णभीरमा दुर्घट्नामा परेको थियो । दुर्घट्नामा परेको उक्त सवारीसाधनमा गम्भीर क्षति भएपछि अहिले प्रयोगविहीन बनेको छ । सभापति खांनले अर्को गाडी उपलब्ध गराउन माग गरेको दुई दिन बितिसक्दापनि संसद् सचिवालयले भने अहिलेसम्म सकारात्मक जवाफ नदिएको उनको सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

खांनका स्वकीय सचिव ई. आस्मीर खानले सवारीसाधन उपलब्ध नहुँदा सभापति खांनले थप स्वास्थ्य परीक्षणको लागि अस्पताल जानसमेत सास्ती व्यहोर्नुपरेको जनाए । उनले सभापति खांनलाई समितिको बैठकमा भाग लिनको पनि कठिन भैरहेको बताए । उनकाअनुसार भोलि नै खांन नेतृत्वको समितिको बैठक छ तर सवारीसाधन नहुँदा कसरी जाने भनेर चिन्ता भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -