Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०६:४४ दिउँसो
- ADVERTISEMENT -

सर्वोच्चले दिएन सुदूरपश्चिम प्रदेश सरकार गठन विरूद्धको रिटमा अन्तरिम आदेश

प्रकाशित मिति: २०८१ वैशाख १०, सोमबार

340
Shares

सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा अहिल्यै अन्तरिम आदेश जारी गर्न नपर्ने बताएको छ। 

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा दायर गरेको रिटलाई न्यायाधीश बालकृष्ण ढकालको इजलासले पूर्ण सुनुवाइ (अन्तिम) को लागि वैशाख २३ गते पेशी तोकेर अग्राधिकार भने दिएको छ। अग्राधिकार भनेको पेशी सूचीको सुरूमै मुद्दा तोक्नु हो।

‘प्रस्तुत रिट निवेदनमा उठान गरेको विवादको विषयवस्तुको प्रकृति समेतलाई दृष्टिगत गर्दा उक्त विषय पूर्ण सुनुवाइको क्रममा सम्बोधन हुन मनासिव देखिँदा हाललाई अन्तरिम आदेश जारी गरिरहनु परेन,’ आदेशमा भनिएको छ,’प्रस्तुत विवादित विषय छिटो निरूपण गर्न वाञ्छनीय हुँदा पूर्ण सुनुवाइको लागि वैशाख २३ गते पेशी तोकी अग्राधिकार दिनू।’

चौधरीले नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको वैधानिक पत्रबेगर नै उक्त पार्टी दुई सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त हुनु गैरसंवैधानिक भएको भन्दै आइतबार रिट दिएका थिए। 

बिहीबार एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका थिए।

नेकपा (एमाले), माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र स्वतन्त्र सांसद तारा जोशी समेतको समर्थन जुटाएर उनी मुख्यमन्त्री बनेका हुन्।

आफूले मुख्यमन्त्रीमा दाबी पेस गरेको सम्झाउँदै उनले सोडारीलाई आफ्नो संसदीय दलले समर्थन नगर्ने चौधरीको दाबी छ। 

नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण त्यहाँको सरकार गठन जटिल बनेको थियो। 

निर्वाचन आयोगले पार्टी अध्यक्षको मान्यता दिएका रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद भएपछि सरकार गठनको हिसाबकिताब जटिल बनेको थियो। दुवै पक्षले संसदीय दल नेतामा पनि दाबी गरेको छ। 

विवादकै बीच वैशाख २ गते नागरिक उन्मुक्ति पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा छुट्टाछुट्टै दाबी पेस गरेका थिए। 

मुख्यमन्त्रीमा एउटै पार्टीबाट दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख नजिर मियाँले अध्ययन र आवश्यक परेको खण्डमा सांसदको सनाखत गराउने भन्दै वैशाख ४ गतेसम्मका लागि समय दिएका थिए। 

सोही दिन एकीकृत समाजवादी पार्टीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीनिकट लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता गरेको थियो।

सत्ता गठबन्धनभित्र दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय भएपछि एकीकृत समाजवादीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लिएको थियो।  

प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका उन्मुक्तिका दुवै जनासँग स्पष्ट बहुमत नभएको भन्दै मुख्यमन्त्रीमा पुनः दाबी पेश गर्न आह्वान गरेका थिए।

त्यसमा बिहीबार सोडारीले नागरिक नागरिक उन्मुक्ति पार्टीका श्रेष्ठ पक्षीय दुई सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गरेका थिए।

उनले नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित समर्थन जुटाएका थिए। 

त्यसपछि बिहीबार नै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

चौधरीले नागरिक उन्मुक्तिको संसदीय दलले समर्थन नगरेको कारण मुख्यमन्त्री नियुक्ति अवैधानिक रहेको बताएका छन्। 

‘प्रदेश प्रमुख ज्यूबाट संविधान उल्लंघन भएको छ। मुख्यमन्त्री नियुक्ति वैधानिक छैन,’ सांसद लक्ष्मणकिशोर चौधरीले भने। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -