Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२८:५७ दिउँसो
- ADVERTISEMENT -

मदन भण्डारीलाई सम्झिदै भक्कानिइन् विद्यादेवी भण्डारी

प्रकाशित मिति: २०८१ वैशाख १०, सोमबार

394
Shares

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना श्रीमान् स्वर्गीय मदन भण्डारीलाई सम्झेर भक्कानिएकी छन्।  सोमबार हिरक जयन्तीको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा सम्बोधन  गर्ने क्रममा पूर्वराष्ट्रपति भण्डारी भक्कानिएकी हुन्।

उनले श्रीमान् नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको निधनपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको बताइन्। मदन भण्डारीलाई स्मरण गर्दा निकै भावुक भएकी भण्डारीले एमालेको प्रेरणा र प्रोत्साहन एवं जनताको चाहना अनुरुप मदन भण्डारीका अधुरा सपना साकार पार्न राजनीतिमा सक्रिय हुने परिवेश सिर्जना भएको बताइन्। उनले मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका निम्ति सबैले मिलेर कार्य गर्नुपर्ने अवस्था विद्यमान रहेको धारणा राखिन्।

भक्कानिदै भनिन्, ‘नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा परी निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो। नेकपा एमालेको प्रेरणा , प्रोत्साहन एवं कार्यकर्ता सदस्य यथा जनताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिक सक्रिय रुपमा लाग्ने परिवेश निर्माण भएको हो।’

त्यस्तै भण्डारीले कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजनका बारेमा गम्भीर रुपमा समिक्षा गर्नुपर्ने बेला आएको पनि बताइन्।उनले मदनले विकास  गरेको जनताको बहुदलीय जनवादलाई थप कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औंल्याइन्। उनले संविधानले मार्ग निर्देशन गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सबै एकजुट भएर काम गर्नुपर्ने बताइन्।

भण्डारीलाई आज नेकपा एमालेले राष्ट्रिय गौरवको पदकबाट सम्मान गरेको छ। पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पार्टीले दिएको सम्मानले थप जिम्मेवारी महशुस भएको प्रतिक्रिया दिइन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -