Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४६:३१ दिउँसो
- ADVERTISEMENT -

थोरै यताउता भए प्रदेश सरकार ढल्ने स्थिति छ : चक्रपाणि खनाल

प्रकाशित मिति: २०८१ वैशाख १०, सोमबार

263
Shares

 सरकार गठन भएको एक महिना नपुग्दै लुम्बिनी प्रदेश सरकारबाट जसपाका मन्त्री बाहिरिएपछि मुख्यमन्त्री जोखबहादुर महरा तनावमा छन् । सरकारमा गएको १५ दिनमै मन्त्री भण्डारीलाल अहिरले आइतबार पदबाट राजीनामा दिएका थिए । जसपा सरकारबाट बाहिरिएपछि अप्ठ्यारोमा परेका मुख्यमन्त्री महरा जसपाका नेताहरूलाई फकाउन दौडधुप गरिरहेका छन् ।

जसपालाई दुई वटा मन्त्रालय दिने पूर्वसहमति मुख्यमन्त्री महराले पालना नगरको भन्दै जसपा सरकारबाट बाहिरिएको हो । मन्त्रालय फुटाएर भए पनि आफूलाई दुई वटा मन्त्रालय दिनुपर्ने जसपाको अडान रहेको छ । तर अहिलेसम्म कुनै सहमति नभएको माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले बताए । सरकार झिनो बहुमतमा बनेकाले थोरै दायाँबायाँ हुने बित्तिकै के हुन्छ भन्ने स्थिति नभएको उनको भनाइ छ ।

‘अहिलेसम्म जसपा सहमतिमा आएको छैन । मन्त्रालय फुटाएर भए पनि दुई मन्त्रालय दाबी गरेका छन् । मन्त्रालय नफुटाउने सहमति भएको छ । असाध्यै झिनो बहुमतमा सरकार  बनेको छ । थोरै यताउता हुनासाथ सरकार अप्ठ्यारोमा पर्ने स्थिति छ’, सोमबार उनले भने ।

एकात्मक राज्यसत्ताविरुद्ध सशस्त्र विद्रोह गरेका शक्ति नै संसदीय अंकगणित जोगाउन दौडधुप गर्नुले सङ्घीयताको के अर्थ भन्ने प्रश्नमा उनले भने– ‘सरकार गठन र  विघटनका कारण सङ्घीयताको अर्थ  भएन भन्ने छ । के भयो ? के बिग्रियो भन्नेमा समीक्षा भइरहेको छ । विकल्पमा स्थानीय तह र संघमात्र राख्नुपर्ने कुरा धेरैले उठाइराखेका छन् । संघीयता भनेकै प्रदेश हो । संघीयता टिक्छ । संविधान नै संशोधन गर्न गाह्रै छ तर यसको विकल्प अहिले छैन ।’

संघमा व्यवस्थापन गर्न नसकेका नेताहरूलाई व्यवस्थापन गर्न उपयुक्त ठाउँ प्रदेश भएकाले स्वायत्तता पनि नहुने उनको बुझाइ छ ।

‘सानो देश छ, हरेक मान्छे गोजीका छन् । तीनको चित्त बुझाउनुपर्छ । संघमा व्यवस्थापन गर्न नसकेकालाई प्रदेशमा व्यवस्थापन गर्नुपर्छ । गुटहरू छन्, ती सबै मिलाउँदा संघले कुनै  हालतमा स्वायत्तता दिनेवाला छैन’, खनालले भने ।

प्रदेशलाई स्वायत्तता दिएको भए संघमा सत्ता परिवर्तन हुँदा प्रदेश सरकार ढल्ने स्थितिको अन्त्य हुने उनको भनाइ छ  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -