Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३४:२९ दिउँसो
- ADVERTISEMENT -

अहिलेको गठबन्धन राजनीतिक सत्ता समीकरण मात्रै हो : दाहाल

प्रकाशित मिति: २०८१ वैशाख ९, आइतबार

249
Shares

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री दाहालले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिलेको गठबन्धनलाई राजनीतिक सत्ता समीकरणका रुपमा बुझ्न आग्रह गरे। अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा लिनुपर्ने उनको भनाइ थियो।

“अहिलेको समीकरण वामपन्थीको मात्र हैन, वाम एकता भन्नु सही पनि छैन, वाम-गैरवाम सबै छन्,” दाहालले भने, “गठबन्धनलाई सत्ता समीकरणको रूपमा लिएका छौं।”

तत्काल वामपन्थी एकता पनि सम्भव नभएको उनले बताए। “राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जान्छ,” दाहालले भने, “अहिले वामपन्थी एकता होइन, राजनीति सत्ता समीकरणको रूपमा मात्र हेरौं।”

तथापि, यो समीकरण पूरै अवधि चल्ने उनको दाबी थियो। “बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भए पनि त्यस्तो केही छैन। पूरै अवधि जान्छ अहिलेको समीकरण,” दाहालले भने।

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्पराभन्दा भिन्न ढंगले प्रस्तुत गरिने बताए। बजेटलाई वैज्ञानिक, वस्तुवादी र जनमैत्री बनाउने गरी नीति कार्यक्रमको मस्यौदा तयार भइसकेको उनको भनाइ थियो।

नयाँ समीकरण अनुसार नै प्रदेश सरकार गठन भइरहेको दाहालले उल्लेख गरे। अब कोशी प्रदेशमा मात्र गठबन्धनको मुख्यमन्त्री चुन्न बाँकी रहेकाले प्रक्रिया थालिएको उनको भनाइ थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -