Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४५:३१ दिउँसो
- ADVERTISEMENT -

धर्मलेजस्तै लोकतान्त्रिक गणतन्त्रले पनि नैतिक मूल्य र सदाचार खोजेको छ : राष्ट्रपति

प्रकाशित मिति: २०८१ वैशाख ९, आइतबार

146
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्मलेजस्तै संघीय लोकतान्त्रिक गणतन्त्रले पनि नैतिक मूल्य र सदाचार खोजेको बताएका छन् । उनले भगवान महावीरको २६२३ औं जन्मोत्सवका अवसरमा नेपाल जैन परिषदद्वारा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  यस्तो बताएका हुन् ।

उनले सबै धर्मको मूल लक्ष्य भनेको अधिकतम मानव जातिको कल्याण भएको पनि स्पष्ट पारे । राष्ट्रपति पौडेलले धर्मको लक्ष्य सुख, शान्ति, प्रगति, अनुशासन, सभ्य एवम् सुसंस्कृत समाज र देशको निर्माण भएको पनि बताए ।

“हाम्रो जस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीहरूबिच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्‌भाव नेपालीको विशिष्ट पहिचान हो, विविधतामा एकता र त्यसकै जगमा सुदृढ राष्ट्रिय एकता हाम्रो नेपाली मौलिकपन हो जो विश्वकै लागि अनुकरणीय छ भन्ने मलाई लाग्छ”, राष्ट्रपति पौडेलले भने । 

उनले धर्म त्यागमा हो, भोगमा होइन भन्दै भावशुद्धि र चरित्रशुद्धि भएन भने आध्यात्मिक उपलब्धि हुन नसक्ने बताए ।  ‘जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचार प्रथम प्राथमिकता हो, आज हाम्रो समाज, राजनीति र हामीले अवलम्बन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले  पनि त्यही नैतिक मूल्य र सदाचार खोजेको छ’, राष्ट्रपति पौडेलले भने ।

उनले २६२३ औं जन्म कल्याणक दिवसको अवसरमा सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दाजु–भाइ, दिदी–बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा जैन धर्मावलम्बीहरूको प्रतिनिधि संस्था नेपाल जैन परिषदको अग्रसरतामा सदाझै भगवान महावीरको २६२३ औं जन्म जयन्तीलाई अहिंसा दिवसको रुपमा मनाउनु सकारात्मक र समय सान्दर्भिक भएको बताए ।

“परिषदले भगवान महावीरका सिद्धान्त अहिंसा, अपरिग्रह र अनेकान्त आदि जीवन्त उपदेशहरूको प्रचारप्रसार, संवर्धन र प्रवर्धनका लागि सरकोकारवाला संस्थाहरूसँग हातेमालो गर्दै अघि बढ्नु प्रशंसनीय कार्य हो”, उनले भने ।

भगवान महावीरका सिद्धान्त र विचारहरू आज अझ सान्दर्भिक भएका छन् भन्दै उनले अनेकान्तको अभाव एवं परिग्रहको मानसिकताले संसार आक्रान्त भएको बेला संसारलाई खुशी एवं समृद्ध बनाउन उनका सिद्धान्त समस्याको समाधानको उपायमध्ये एक हो भन्ने आफूलाई लागेको उनले बताए । 

नेपालमा जैन धर्मावलम्बीहरू विभिन्न समुदाय बीचमा मिलेर बसेको बताउँदै राष्ट्रपति पौडेलले जहाँ भएपनि भगवान महावीरका सिद्धान्तलाई अनुशरण गर्दै धर्म, संस्कृति र समाज सेवाका माध्यमबाट सकारात्मक छाप छोड्न सफल रहेको धारणा व्यक्त गरे । “अहिंसा, शान्ति, अनेकान्तवाद, नैतिकता, सद्चरित्रता, समभावजस्ता जैन दर्शनको प्रचार गरी यो संस्थाले भविष्यमा अझै प्रभावकारी कार्य गर्ने मैले विश्वास लिएको छु”, उनले भने ।

धर्ममा नैतिकता, प्रामणिकता, प्रतिबद्धता, र सत्यता हुन्छ । त्यसले हामीलाई सुमार्गमा डोरयाउन सक्छ भन्दै उनले विश्वमा अहिंसा तथा शान्तिको वातावरण सृजनामा भूमिका खेल्नुपर्ने वर्तमानको माग भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -