Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२४:५३ दिउँसो
- ADVERTISEMENT -

डाँगीलाई सहिद घोषणा गर्न राप्रपाको माग

प्रकाशित मिति: २०८१ वैशाख ३, सोमबार

341
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ । डाँगीको सोमबार बिहान उपचारका क्रममा निधन भएको थियो ।

राप्रपाले सोमबार शोक वक्तव्य जारी गर्दै डाँगीको निधनले राप्रपालाई ठुलो क्षति पुगेको भन्दै स्व.डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको हो  । साथै राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरूमाथि भएको प्रशासनिक दमन निन्दा गरेको छ ।

नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास भएको भन्दै शोक प्रकट गर्न पार्टीको ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औँ दिनको पुण्य तिथिमा केन्द्रसहित सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।

राप्रपाको आह्वानमा गत चैत २७ गतेको काठमाडौँ केन्द्रित प्रदर्शनका क्रममा प्रहरीको दमनबाट घाइते भई उनलाई छाउनी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

प्रदर्शनमा प्रहरीको लाठीचार्ज, पानीको फोहरा र अश्रुग्याँस प्रहारबाट चार दर्जन बढी घाइते भएकामध्ये धेरै घाइते उपचारपछि घर फर्किसके पनि जटिल शल्यक्रिया गर्नुपर्ने ६ जना अझै उपचारका क्रममा विभिन्न अस्पतालमा रहेको राप्रपाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -