काठमाडौं बैसाख-१,नेपाली कॉंग्रेस युवा नेता एबम् गोरखा क्षेत्र नं १ का संघिय सांसद राजेन्द्र बजगाइले सामाजिक संजाल फेसबुक मार्फत गोरखा को उत्तरी भाग लाई हेलिकप्टर निषेधित क्षेत्र कायमै राखेर, पर्यटक तथा स्थानीयहरुको दुर्घटना तथा बिरामी पर्दा सरकार बाट अनिवार्य उद्दार अनुमति लिनुपर्ने र अनुमतिमा ढिला सुस्ति हुने र पहुँच बिना अनुमति नै नपाउने कारण ,
गोरखा को उत्तरी भेगका आम नागरिक मर्कामा परेका तथा मनाश्लु पदयात्रा का पर्यटकलाई समेत असहज हुने भएकोले निसेधित क्षेत्र हटाई जनता लाई आबजजावत मा सहज बनाउन लाई माग गरेका छन् । गोरखाको उत्तरी भेगका घाईते तथा बिरामिको उद्वारका राजा भनेर परिचित छन् बजगाइ ।
उनले सामाजिक संजालमा लेखेका छन् ।
क. प्रचण्ड / Comrade PrachandaRabi Lamichhane
दलाई लामा Exile गएको कति वर्ष भयो? खम्पा गुरिल्ला निशस्त्रीकरण भएको कति वर्ष भयो? हाम्रो भूगोल कस्का लागि निषेध गरेको?
VAN EEUWIJK द नेदरलैण्डका नागरिक गोरकाको मनास्लु क्षेत्रको गापमा बिरामी परेका छन्। उद्धार अनुमतिमा विलम्ब किन?
चुमनुब्री गाऊँपालिका ३ ल्हो निवासी दावा ग्याल्जेन लामा नागरिकता प्रमाणपत्र नम्बर ११४ जन्डिसले सिकिस्त हुनुभएको छ। वहाँको उद्धारका लागि अनुमति किन लिनु पर्ने? वहाँको घरै निकुञ्ज भित्र छ लालपुर्जा छ अनि किन अनुमति चाहिने?
हेलिकप्टर कम्पनीहरू नेपालीको उद्धारमा टाउको लुकाउछन् विदेशी बिरामी परे चम्कि चम्कि इन्सोरेन्स बाट अकुत पैसा कमाउने धन्दा गर्छन्।
प्रत्येक हेलिकप्टर कम्पनी तिनिहरूको फेक क्लेम गर्ने अस्पताल र अकुत सम्पतिको छानविनको सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने छु।








































