Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०५:२८ दिउँसो
- ADVERTISEMENT -

काँग्रेसले गृहमन्त्री लामिछानेमाथि प्रहार गर्नु उचित होइन : सांसद थापा

प्रकाशित मिति: २०८० चैत २८, बुधबार

297
Shares

सत्तारुढ दलको प्रमख घटक नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेपाली काँग्रेसले सहकारीको विषयलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहार गर्नु अनुचित भएको बताउनुभएको छ । 

सांसद थापाले सहकारीको विषयमा राष्ट्रिय बहसको विषय हुनुपर्नेमा व्यक्ति केन्द्रित गरेर काँग्रेसले सत्तापक्षबाट प्रतिपक्षमा जाँदा छटपटी अभिव्यक्त गरेको उहाँले जिकिर गर्नुभयो । बुधवार प्रतिनिधि सभा बैठकमा उहाँले सहकारीसम्बन्धि उपप्रधानमन्त्री लामिछानेको मुद्दाको विषय अदालतमा विचाराधीन रहेकाले संसदमा छलफलको कुनै अर्थ नभएको स्पष्ट पार्नुभयो । 

सांसद थापाले सहकारीको विषय प्रतिपक्षमा बस्दा जाग्ने, सत्तापक्षमा बस्दा निदाउनेखालको विषय नभएकोतर्फ पनि काँग्रेसको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाको यो बैठकमा हामी जनताको प्रतिनिधि भएर आएपछि निर्धक्क छलफल पक्ष, विपक्षमा आफ्ना मतहरु राख्न पाउँछौँ, सक्छौँ । त्यो स्वतन्त्रतासहित उपस्थित छौ । यो सार्वभौमिकताको अभ्यास गर्ने थलो हो भनेर उपस्थित छौं ।’ 

‘हामीले प्रतिपक्षमा रहँदा सुनकाण्डको छानविन गरौंंभन्दा सत्तापक्षले यसमा पनि छानविन हुन्छ भनेर ओठे जवाफ दिनुभएको थियो । यो ओठे जवाफ दिने ठाउँ संसद होइन भनेर हामीले भन्यौं । सुनकाण्डसम्बन्धि आयोग बन्यो’ उहाँले थप्नुभयो, ‘देशका लागि एजेण्डा उठाउँदा सत्तापक्षमा भए पनि, प्रतिपक्षमा भए पनि तथ्यमा आधारित भएर उठाइएको छ भने त्यसले परिणाम दिन्छ भन्ने कुरा हिजो हामीले प्रतिपक्षमा भएर गरेको कामले पुष्टि गरेको छ ।’ 

‘सहकारी सन्दर्भमा चाहे ओरिएन्टलको सन्दर्भमा होस्, चाहे अरु विभिन्न सहकारीको सन्दर्भमा सिभिल सहकारी नै किन नहोस । सबैका विषयमा जति पनि कुरा उठेको छ । अहिले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर बचतकर्ताको बचतलाई सुरक्षित गर्ने, उनीहरुले फिर्ता पाउने, उनीहरुको बचत फिर्ता पाउने प्रत्याभूति गर्ने, सहकारीमार्फत भएको लगानी सुरक्षित गर्ने र त्यहाँ भएका अपचलन, त्यहाँ भएका बदमासीलाई कारबाही गर्ने विषय नै मुख्य विषय हो’ उहाँले भन्नुभयो ।

सांसद थापाले थप्नुभयो, ‘यो विषय व्यक्ति केन्द्रितभन्दा विषय केन्द्रित विषय हो । यो विषयमा हामीले समाधान खोज्नुपर्छ । सहकारीे सन्दर्भमा यो रवि लामिछानेजी वा कोही मन्त्री केन्द्रित, सत्तापक्षबाट प्रतिपक्षमा गएकोकारण उठाउने विषयमात्र होइन । सहकारी सन्दर्भमा राष्ट्रिय बहस सिर्जना गरांै । समाधान खोजौं ।’ सांसद थापाले सहकारीलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी निक्षेपकर्ताको रकम सुरक्षित गर्ने दायित्व सरकार र संसदका रहेको बताउनुभयो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -