सङ्खुवासभाको पाँचखपन नगरपालिका-२ गैरीगाउँमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ ।
२८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए ।
गएराति घरायसी वादविवादमा छोरा सुमनले बुवालाई कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते ५० वर्षीय युवराजको उपचारका क्रममा मंगलबार बिहान जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।








































