नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा विष्णुदेवि पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।
आज बसेको संसदीय दलको बैठकले पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुनेछ भने भोलि निर्वाचन हुँदैछ ।
सत्ता गठबन्धनले भने अहिलेसमम कसैलाई पनि उम्मेदवार तोकेका छैनन् ।








































