- ADVERTISEMENT -

पाटनमा अष्टमानले कुँदाए घोडा (तस्वीरहरू)

April 8, 2024
141
Shares
- ADVERTISEMENT -

हरेक वर्ष चैत कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा सोमबार पनि काठमाडौं उपत्यकामा धुमधामसँग मनाइएको छ।

यस अवसरमा सोमबार पाटनमा एक्लो घोडा कुँदाएर जात्रा मनाइएको हो। पाटनको मुलचोकबाट अष्टमान महर्जनले घोडा कुँदाएका थिए।

- ADVERTISEMENT -

Advertisement

जात्राका अवसरमा पाटनका विभिन्न क्षेत्रको परिक्रममा गरिएको छ। बालकुमारी मन्दिरको तीन चक्कर लगाएपछि फेरि पाटनको मूलचोकमै फर्काइएको हो।

उहिल्यै टुँडिखेलको दक्षिण-पूर्वी किनारमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको जनविश्वास छ। स्थानीय बासिन्दाले राक्षसलाई मारेका थिए।

- ADVERTISEMENT -

Advertisement

राक्षसको प्रेतात्मा फेरि जागा भएर बालबालिकालाई अनिष्ट गर्न सक्ने डरले स्थानीय बासिन्द्याले घोडााको टापले कुल्चाएका थिए। त्यही परम्पराका आधारमा राक्षसको प्रेतात्मालाई कुल्चाउन घोडा कुँदाउने प्रचलन रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -