Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२६:०५ दिउँसो
- ADVERTISEMENT -

आइतबार सिंहदरबारमा संसदीय दलको कार्यालयमा रास्वपाको बैठक मोबाइलको बत्तीमा सम्पन्न 

प्रकाशित मिति: २०८० चैत २६, सोमबार

309
Shares

आइतबार सिंहदरबारमा संसदीय दलको कार्यालयमा रास्वपाको बैठक मोबाइलको बत्तीमा सम्पन्न भयो । झ्याप्पझ्याप्प बत्ती जाने भएपछि मोबाइलको टर्च बालेर बैठक बस्न बाध्य भए रास्वपाका सांसद । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डीपी अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ पनि थिइन् । 

श्रममन्त्री अर्यालले सिंहदरबारमा बत्ती जानु गलत भइरहेको बताए । पहिलेदेखि नै सिंहदरबारमा बत्ती जाने गरेको उनको भनाइ छ । ‘सिंहदरबारमा धेरैअगाडिदेखि हुँदै आएको छ । केही दिनअघि पूरै सिंहदरबार बत्ती गएर अँध्यारो भएको थियो । सम्बन्धित निकायले अध्ययन गरिरहेको होला । जे भइरहेको छ गलत भइरहेको छ,’ उनले भने । 

रास्वपाकी सचेतक निशा डाँगीले संसदीय दलमा बत्ती जाने समस्या संसद सचिवालयमा राखिन् । तर, संसद सचिवालय मन्त्रालयलाई देखाएर पन्छियो । ‘दु:ख लाग्छ, सिंहदरबारमा यसरी बत्ती जाँदा । यसअघि पनि तीन दिन बत्ती आएको थिएन,’ उनले भनिन् । 

कुन निकायले हेर्ने हो भनेर टुंगो नलाग्दा बत्ती जाने समस्या आएको डाँगीले बताइन् । ‘हेर्नुपर्ने निकाय कुन हो भनेर टुंगो नलागेर यस्तो भएको हो । हेल्लो सरकारले हेर्ने हो कि, प्रधानमन्त्री कार्यालयले हेर्ने हो कि, श्रम मन्त्रालय हेर्ने हो कि ? संसद सचिवालयमा बुझ्दा कुरा यस्तो रहेछ– संसद सचिवालयले हेर्नुपर्ने हो । उहाँहरूले अन्यत्र डाइभर्ट गर्नुहुन्छ । मोबाइलको लाइट बालेर बैठक चलायौँ,’ डाँगीले भनिन् । 

देशको प्रशासनिक केन्द्र हो सिंहदरबार, जहाँ प्रधानमन्त्री कार्यालयदेखि संघीय मन्त्रालय पनि छ । संसद भवन पनि निर्माणाधीन छ । 

१८ चैतको प्रतिनिधिसभा बैठक चलिरहँदा झ्याप्पझ्याप्प बत्ती जाँदा सांसदहरू नै जिल्ल परेका थिए । उनीहरूले अप्ठ्यारो महसुस गरेको देखिन्थ्यो । विद्युत् आपूर्तिमा समस्या भएपछि मर्मतको काम गरिएको थियो । देशमा कुनैबेला दैनिक १८ घण्टा लोडसेडिङ हुने गर्थ्यो । लोडसेडिङको अन्त्य ३१ वैशाख २०७५ मा भएको थियो । त्यसयता लोडसेडिङको तालिका सार्वजनिक गर्नै परेन । नेपालले अपुग विद्युत् भारतबाट आयात गरेर माग धान्दै आएको छ । 

१८ चैतको प्रतिनिधिसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ३ महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरामा सत्यता नभएको दाबी गरेका थिए । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथिको छलफलका क्रममा केही सांसदले भारतले विद्युत् बिक्री बन्द गरेमा नेपालमा लोडसेडिङ हुन सक्ने भन्दै मन्त्री बस्नेतलाई प्रश्न गरेका थिए ।  

सोही प्रश्नको जवाफ दिँदै उनले भनेका थिए, ‘३ महिनापछि लोडसेडिङ हुन्छ भन्ने चर्चाका बारेमा यो सत्यता होइन । एउटा कुरा के प्रस्ट छ त भन्दा वर्षायाममा हामी बिक्री गर्छौं । त्यस कारण ३ महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरा सही होइन । त्यो भ्रमको पछि दौडिनु हुँदैन ।’ 

देशका प्रमुख ठाउँहरूमा झ्याप्पझ्याप्प बत्ती गइरहँदा कारण खोजी भइरहेको छ । कतै विद्युत् प्राधिकरणले नै अघोषित रूपमा लोडसेडिङ गरेको त होइन भन्ने प्रश्न उब्जेको छ । प्राधिकरणले भने हावाहुरीको मौसम भएकाले प्रसारण लाइनमा समस्या देखिएको जनाएको छ । 

‘सिंहदरबार र संसद भवनमा समेत बत्ती गएको थियो । नवलपुर–चन्द्रनिगाहपुर प्रसारण लाइन हावाहुरी आएर अवरुद्ध हुन पुग्यो । त्यसको असर देशभरि पुगेको हो,’ विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसले शिलापत्रसँग भने । प्रणालीमा समस्या भने रहेको उनको भनाइ छ । ‘नेटवर्कमा चल्ने प्रसारण लाइन हो । एक ठाउँमा समस्या आउँदा अन्त पनि समस्या देखिन्छ । त्यो समस्या समाधान गर्ने प्रयास गर्दै छौँ,’ घोसले भने । 

ढल्केवर–हेटौंडा, ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन सम्पन्न भएपछि समस्याको हल हुने उनले बताए । 

‘विद्युत् पूरा भएको खण्डमा पनि सबैलाई दिन सक्ने अवस्था छैन । प्रसारण लाइनको अभाव छ,’ प्रवक्ता घोसले भने । लोडसेडिङको तालिका आउन लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘हावादारी कुरा गरेर हल्लाको पछाडि लाग्नु मनासिब नहोला ।’ 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -