Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४७:४९ दिउँसो
- ADVERTISEMENT -

निर्वाचन आयोगको विवरण ढाँटेर गण्डकीमा एमाले–माओवादीको नयाँ सरकार

प्रकाशित मिति: २०८० चैत २६, सोमबार

267
Shares

गण्डकी प्रदेशमा आइतबार विवादास्पद तरिकाले नयाँ सरकार बन्यो । तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अल्पमतमा परेसँगै चैत २१ गते राजीनामा दिएका थिए ।

त्यही दिन प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गतेसम्म नयाँ सरकार गठनका निम्ति दाबी गर्न दलहरूलाई आह्वान गरे ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनले आइतबार बिहान सरकारमा दाबी गर्‍यो । त्यसको केही बेरपछि प्रदेश प्रमुखले गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता रहेका खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरे । आइतबारै शपथग्रहणपछि उनले काम थालिसकेका छन् ।

उनीहरूले दाबी पेस गरेको निवेदनमा एमालेका २२, माओवादीका आठ र दीपक मनाङे (राजीव गुरुङ)सहित ३१ जनाको बहुमत पुर्‍याइएको उल्लेख छ ।

जबकि, माओवादीले सभामुख कृष्ण धिताललाई समेत प्रदेशसभा सदस्यको हैसियतमा प्रयोग गरेको छ ।

सभामुख भइसकेपछि धितालले माओवादीको साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएका थिए । तर, माओवादीले उनलाई आफ्नो सांसदका रूपमा प्रयोग गर्‍यो ।

संविधानको धारा १६८ (२) अनुसार सरकार बनाउँदा दलले दाबी गर्ने र धिताल पनि दलकै सदस्य रहेको प्रदेश प्रमुखसमक्ष ‘ब्रिफिङ’ गरियो । निर्वाचन आयोगले दिएको विवरणानुसार दाबी गरिएको तर्क माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले गरे । यो विषय सर्वोच्च अदालतमा लैजाने विपक्षीको तयारी छ ।

तर, जसरी माओवादीले निर्वाचन आयोगको विवरण भनेर आठ सांसद आफ्नो रहेको दाबी गरेको छ, यो गलत छ । आयोगकै वेबसाइट हेर्ने हो भने गण्डकीमा माओवादीका सात सांसद छन् ।

माओवादीले आफ्नो सांसदमा गणना गरेको गोरखा–२ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य फणिन्द्र देवकोटालाई आयोगले नेपाल समाजवादी पार्टीको सांसदका रूपमा अभिलेख कायम गरेको छ । गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्नबाट विजयी भए पनि उनको दल भने नेसपा रहेको आयोगको वेबसाइटमा उल्लेख छ ।

स्वयं देवकोटाले आफूलाई नेसपाकै सांसद बताइरहेका छन । नेसपाको सांसद भएकाले उनी पछिल्लो समय माओवादी संसदीय दलको बैठकमा सहभागी भएका थिएनन् । आइतबारको सरकार गठन प्रक्रियामा पनि आफ्नो कुनै भूमिका नरहेको उनले बताउँदै आएका छन् ।

“मेरो दल नेसपा हो । पार्टीले मलाई अहिलेसम्म कुनै निर्देशन दिएको छैन । अहिलेको सरकार गठन प्रक्रियाको बारेमा मैले मिडियाबाट थाहा पाएको हुँ । म काठमाडौं छु,” उनले भने ।

सभामुखलाई समेत गणना गरेर गण्डकीमा आइतबार गठित नयाँ सरकारविरुद्ध पूर्वमुख्यमन्त्री पाण्डे सर्वोच्च जाने तयारीमा छन् । कानुनी परामर्शका निम्ति उनी आइतबारै साँझ काठमाडौंतर्फ लागिसकेका छन् ।

मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल पनि उनीसँगै गएका छन । पौडेलले पनि आयोगको विवरणलाई आफूहरूले ‘मार्किङ’ गरेको बताए ।

कोसी प्रदेशको नजिरसहित आयोगको अभिलेखका आधारमा मंगलबार (भोलि) सर्वोच्च जाने गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता रहेका पाण्डेको तयारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -