Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३१:२६ दिउँसो
- ADVERTISEMENT -

केदार कार्कीको अडान : राजीनामा नदिने, विश्वासको मत पनि नलिने

प्रकाशित मिति: २०८० चैत २५, आइतबार

623
Shares

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडान लिएका छन् । गत २७ असोजमा सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि परीक्षण नगर्ने अडान लिएका हुन् ।

२१ फागुनमा केन्द्रमा एमाले–माओवादीसहितको नयाँ गठबन्धन बनेपछि कोशीमा वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । गठबन्धन दलहरुबीच भएको भागबण्डामा कोशी नेकपा एमालेको भागमा परेको छ । तर संवैधानिक अप्ठ्यारोका कारण नयाँ सरकार गठनको स्पष्ट चित्र देखिएको छैन ।

२७ असोजमा ८ जना सांसदसहित नेपाली कांग्रेस भित्र विद्रोह गरेका केदार कार्की नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनी नेतृत्वको वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका ३ र एकीकृत समाजवादी पार्टीबाट एक जना मन्त्री छन् । उनीहरुले सरकारको समर्थन फिर्ता लिन पनि सकेका छैनन् ।

त्यसैले आफूले राजीनामा दिए वा विश्वासको मत नपाए प्रदेश मध्यावधीमा जाने दाबी मुख्यमन्त्री कार्कीको छ । प्रदेशलाई मध्यावधीमा जानबाट रोक्नका लागि राजीनामा नदिने र विश्वासको मत पनि नलिने उनको भनाइ छ । ‘…विश्वासको मत लिन्नँ, अविश्वासको प्रस्ताव दर्ता हुँदैन,’ उनले भने, ‘राजीनामा दिएर अस्थीरता निम्त्याउन चाहन्न ।’

‘सरकार हरेक वर्ष परिवर्तन भइरहने भए उपधारा ५ किन राख्ने, उपधारा ५ लाई संसदले नै संशोधन गर्नुपर्याे कि संवैधानिक इजलासले ब्याख्या गर्नुपर्याे,’ मुख्यमन्त्री कार्की भन्छन्, ‘संसदीय प्रकृयामा जाँदा दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन भन्या छ, विश्वासको मत चाहिँ ममा भर पर्छ, म किन मध्यावधीमा जानू ? कि त अदालतले नै जा भन्नुपर्यो ।’

सत्ता गठबन्धनका दलहरु भने केदार कार्की नेतृत्वको सरकार हटाउनका लागि कार्कीलाई दिएको समर्थन फिर्ता लिने, नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने र संसदको विशेष अधिवेशन माग गर्ने प्रस्ताव एकैपटक गर्ने तयारीमा छन् ।

समर्थन फिर्ता र गठबन्धनमा रहेका बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गरेर मुख्यमन्त्री कार्कीलाई विश्वासको मत परीक्षणका लागि ३० दिन पर्खने र विश्वासको मत नलिए वा राजीनामा नदिए प्रदेश प्रमुखले अर्काे सरकार गठन गर्ने गठबन्धन दलको दाबी छ ।

यदि यस्तो स्थिति आयो भने के गर्ने भन्ने विषयमा मुख्यमन्त्री कार्कीले कानुनी परामर्श भने जारी राखेका छन् । ‘स्वतन्त्र विज्ञहरुको राय मागेर अध्ययन गरिरहेको छु, अन्तर्राष्ट्रिय विज्ञहरुसँग पनि राय लिँदैछु,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -